देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजस्थान आईपीएलको लिग चरणबाट बाहिरियो

0

एजेन्सी – राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको लिग चरणबाट बाहिरिएको छ । आइतबार राति लिग चरणको औं ५४ खेलमा राजस्थान कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित हुँदै लिग चरणबाट बाहिरिने तेस्रो टोली बनेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए । राहुल टेवाटियाले ३१ रन जोड्दा बेन स्टोक्सले १८ रन बनाए । श्रेयस गोपालले अविजित रहँदै २३ रन बनाए । राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए । वरुण चक्रवर्ती र शिबम माभीले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । कोलकाताका लागि इयोन मार्गानले अर्धशतकीय पारी खेले । ३५ बल खलेका उनले ५ चौका र ६ छक्काको सहयोगमा ६८ रन बनाए । त्यस्तै राहुल त्रिपाठी ३९ रन बनाउँदा सुभम गिलले ३६ रन बनाए ।

बलिङतर्फ राजस्थानका लागि राहुल तेवाटीयाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कार्तिक त्यागीले दुई विकेट लिए । राजस्थानका लागि जोर्फा आर्चर र श्रेयस गोपाल समान एक–एक विकेट लिए ।

जितसँगै कोलकाता चौथो स्थानमा उक्लिएको छ । कोलकाताले प्ले अफमा स्थान बनाउन मंगलबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्ससँगको खेलको नतिजा पर्खिनु पर्छ । उक्त खेलमा हैदराबाद विजयी भए नेट रन रेटको आधारमा निर्धारण हुने छ । हैदराबाद पराजित भएमा कोलकाता प्ले अफमा पुग्ने छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार