देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजालाई ‘स्पेस’ दिएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौं

0

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन नयाँ सम्झौता गरेर राजालाई ‘स्पेस’ दिनुपर्ने बताएका छन्।

पार्टीले बुधबार काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरूलाई आग्रह गरेका हुन्।

उनले २०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आएको भन्दै यही गलत बाटोलाई अघि बढाउन खोजे देश गम्भीर दुर्घटनामा फस्ने दाबी गरे।

उनले राजालाई ‘स्पेस’ दिएर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने बताए।

जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरूले सिन्डिकेटको सिकार बनाएकाले त्यसलाई उल्टाउन जनताले काठमाडौं घेर्ने तयारी गरिरहेको बताए।

जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरूको भार देशले थेग्न नसक्ने अध्यक्ष लिङ्देनको भनाइ छ। अध्यक्ष लिङ्देनले गौहत्या तत्काल रोक्न सरकारलाई सचेत गराए।

गाई, गोरु मार्छु भन्नेहरूलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकता खलबल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उनको चेतावनी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार