देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राजीनामा दिँदै तुम्बाहाङ्फेले भनिन्, ‘स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन’

0

मध्यबिन्दु/काठमाण्डौं – शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी छिन् । सोमबार बसेको प्रतिनिधि सभाको संसद बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी हुन् । राजीनामा दिँदै उनले सँगै रहेर काम गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

सभामुख नहुँदा लामो समयदेखि संसदमा जटिलता सिर्जना भएको उल्लेख गर्दै उनले समस्याको निकासका लागि आफूले राजीनामा दिएको बताइन् ।

“दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहोदामा बसुञ्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ । उक्त ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संविधान र कानूनको प्रवन्ध अनुसार निर्दे्शित भएर क्रियाशील हुन्छ,” सम्बोधनका क्रममा तुम्बाहाङ्फेले बताइन्, “मैले पनि यसै अनुसार नै इमान्दारिका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु । तर, कसैले पनि आफ्ना जराहरु बिर्सन हुन्न । धरातल भुल्न हुन्न । र, स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि म सचेत छु ।”

उपसभामुखले राजीनामा दिएसँगै सभामुख चयनको प्रकृया पनि अब अघि बढ्ने छ । सचिवालय स्रोतका अनुसार यही माघ ८ गते सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार