देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राज्यले सुरक्षित महिनावारीका लागि विदाकाे व्यवस्था गर्नुपर्छ – मन्त्री चाैधरी

0

काठमाडाैं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चाैधरीले महिलाहरूकाे महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाकाे व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।

एक्स-पोज नेपालले आयोजना गरेको दशाैं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा साइकल र्यालीसहित आयाेजना गरेकाे उक्त कार्यक्रममा मन्त्री चाैधरीले महिलाहरूकाे महिनावारीकाे समय एकदमै पिडादायी हुने बताउँदै राज्यलाई विदाकाे व्यवस्था गर्न पहल गर्ने बताएकी हुन् ।

महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेकाे गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे अवसरमा साइकल र्‍याली गरेकाे थियाे । यस वर्ष ”महिनावारीमैत्री विश्वव्यापी हातेमालो ” भन्ने नाराका साथ मनाइएकाे छ । याे हरेक वर्षकाे मे २८ का दिन मनाइन्छ ।

नेपालकै प्याडम्यान भनेर चिनिने एक्स-पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलाे वर्ष अर्थात सात वर्ष पहिले गरेकाे पहिलाे साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकाे मा एक जना महिला सहभागी भएकाे बताउँदै यस वर्ष चार सय पचास सहभागीमा ७५ प्रतिसत महिला र्यालीमा सहभागी भएकाे बताइन् ।

युनिसेफका प्रतिनिधी जिहुनरले महिनावारी स्वच्छतामा प्रमुख गरि सरसफाइनै रहेकाे बताए । उनले यसरी सहकार्य गर्न पाएकाेमा खुसी लागेकाे पनि बताए ।

ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरूकाे महिनावारीलाई कमजाेरीका रूपमा हेर्न नहुने बताइन् । कमजाेरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने उनको धारणा थियो । याे अभियानमा ललितपुर महानगरपालिका पनि लागेकाे बताउँदै महानगरले प्रत्यक विद्यालयमा महिनावारी सम्बन्धि सहजिकरण कार्यक्रम गरिरहेकाे बताइन् ।

राष्ट्रीय महिनावारी सञ्जालका संयोजक तथा सभापती गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाइसंग सम्बन्धित रहेकाले वातावरण प्रदुषित नहुनेगरी महिनावारी मनाउनुपर्ने बताए । अहिले बजारमा आएकाे महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकाेले सकेसम्म घरेलु प्याड प्रयाेग गरेर प्रदुषण घटाउनुपर्ने उनको भनाइ थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार