देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै

0

काठमाडौं – वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइने भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने गृहमन्त्रालयले जनाएको छ। भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिने चलन रहेको छ ।

बुङमती मन्दिरमा  राखिएको रथ पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ। हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्‍याउने गरिन्छ। २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइने छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार