देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन आज

0

काठमाण्डौं – २०७२ को विनाशकारी भूकम्पले काठमाडौंको जमलमारहेको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुल दुवै क्षतबिक्षत बनायो। भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माणको क्रममा सबैभन्दा धेरै विवादास्पद सम्पदा बन्यो, त्यहीरानीपोखरी। काठमाडौं महानगरपालिकाले छड, सिमेन्ट अन्य निर्माण सामग्री प्रयोग गरेररानीपोखरीलाई स्विमिङ पुल बनाउन खोजेको भन्दै व्यापक आलोचना भयो।

त्यतिमात्रै होइन, महानगरका उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमारानीपोखरी परिसरमा ताल्चा लगाउनेर मेयर विद्यासुन्दर शाक्यले ताल्चा काट्नेसम्मका विवाद सतहमा देखिए। झण्डै दुई वर्ष विवादमा रुमल्लिएकोरानीपोखरी अहिले पुरानै स्वरूपमा फर्किएको छ।

भग्नावशेषर उराठलाग्दोरानीपोखरी अहिले हराभरार चिटिक्क छ। भूकम्पले भत्किएको बालगोपालेश्वर मन्दिरलाई प्राचीन ग्रन्थकुटशैलीमा पुनर्निर्माण गरेर पुरानै स्वरूपमा फर्काइएको छ। नेपाल पुनर्निर्माण प्राधिकरणका सम्पदाविदराजुमान मानन्धरले बुधबारराष्ट्रपति विद्यादेवी भण्डारीलेरानीपोखरी उद्घाटन गर्ने बताए। ‘रानीपोखरीको औपचारिक उद्घाटन बुधबार गर्ने कार्यक्रम तय गरिएको छ,’ उनले भने, ‘प्राधिकरणले पुनर्निर्माण सम्पन्न भएकोरानीपोखरी केही समयपछि मात्रै हस्तान्तरण गर्नेछ।’

प्राधिकरणले भूकम्पले भत्किएकोरानीपोखरीलाई दुई वर्षमा २६ करोड रूपैयाँ खर्चेर पुरानै स्वरूपमा फर्काएको हो। महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा २०७४ पुस १३ गते बसेको बैठकलेरानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरूप, निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गर्ने सम्बन्धमा अध्ययन गर्न विशेषज्ञ समिति गठन गर्ने निर्णय गरेको थियो। विशेषज्ञ समितिले दिएको प्रतिवेदन अनुसार नैरानीपोखरीर बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अघि बढाइएको थियो। मेयर शाक्य भन्छन्, ‘रानीपोखरी निर्माणमा सुरुआती चरणमा केही विवाद भए पनि अहिले पुरानै स्वरूपमा ल्याउन सफल भएका छौं।’

प्राधिकरणका सम्पदाविद् मानन्धरलेरानीपोखरी, बालगोपालेश्वर मन्दिरर अन्य सौन्दर्यीकरणमा करिब २६ करोड खर्च भएको बताए। अहिलेरानीपोखरी आकर्षकर मनमोहक देखिन्छ। पछिल्लो समय बिनाविवाद पुनर्निर्माण सकिएको छ।

सम्पदाविद् मानन्धरले भ्याटसहित बालगोपालेश्वर मन्दिर, पुलर अन्य सौदन्र्यीकरणमा १६ करोड रूपैयाँ लागेको बताए। त्यसैगरी, पोखरी निर्माणमा भ्याटसहित करिब १० करोड रूपैयाँ खर्च भएको छ। अहिले केयुकेएलबाट साढे दुई करोड लिटर पानी हालेररानीपोखरीलाई हराभरा बनाइएको हो।

रानीपोखरी निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले प्राचीनकालीन शैलीमैरानीपोखरी पुनर्निर्माण गरिएको बताए। ‘रानीपोखरीलाई पुरानै शैलीमा फर्काउन पायौं,’ उनले भने, ‘हामीले मेहनत गरेअनुसार पोखरीमा पानी अडिन थालेको छ। त्यसैले ज्यादै खुसी छौं।’ भक्तपुरका स्थानीयबासीले उपभोक्ता समितिमार्फतरानीपोखरी पुनर्निर्माण गरेका थिए।

उपभोक्ता समितिले २०७५ को शिवरात्रिमारानीपोखरी पुनर्निर्माणको काम सुरु गरेको थियो। २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतहर वरिपरिको पर्खालमा १५ देखि १८ इन्च कालो माटो हालेर त्यसमाथि इँटा ओच्छ्याएको हो। यसअघि ०७७ वैशाख १२ (गोरखा भूकम्पको पाँच वर्ष पुगेको दिन) अघि यो काम सक्ने तालिका भए पनि कोभिड १९ महामारीरोकथाम गर्न सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित भएको थियो।

सम्पदाविद् मानन्धरलेरानीपोखरीको बीचमारहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुलर पोखरी वरिपरि सौन्दर्यीकरणको काम सम्पन्न भएको बताए। प्राधिकरणले केही समयअघिरानीपोखरीमारहेको बालगोपालेश्वर मन्दिरको शीरमा गजुरराख्ने काम सम्पन्न गरिसकेको छ। प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरमा विधिपूर्वक पूजाआजा गरी गजुरराखिएको हो।

मन्दिरको शीर्षमा स्थापित मुख्य गजुर १२३.७ केजी तामाको छ। त्यसमा करिब २५ तोला सुनको जलप लगाइएको छ। मुख्य गजुरको उचाइ ६ फिट १० इन्च छ। मन्दिरको चारै दिशामारहेका चारवटा मण्डप शैलीका बुर्जाको शीर्षमा पनि गजुर छ। ती साना प्रत्येक गजुरको तौल ३.३३ केजी छ, जसमा १.९३ तोलाका दरले सुनको जलप लगाइएको छ। पोखरीको माथिल्लो पर्खाल वरिपरि सौन्दर्यीकरण तथा बत्तीराख्ने काम चलिरहेको छ।

यसैबीच, भूकम्पले क्षतिग्रस्त भएको दरबार हाइस्कुलको नयाँ भवन पनि बुधबार हस्तान्तरण गर्ने योजना छ। चीनको सांघाई कन्सट्रक्सनले ५२ कोठाको चारतले भवन तयार पारिदिएकोसमाचार आजको नागरिक न्युजमा प्रकाशित छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार