देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपाका उम्मेदवारले विन्ध्यवासिनीमा भ्रष्टाचार नगर्ने कसम खाए

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले आइतबार स्थानीय विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।

आफ्नो मनोनयन दर्ताको अघिल्लो दिन मेयरको उम्मेदवार शंकर खराल र उपमेयरकी उम्मेदवार रञ्जना सेन पौडेलले विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका हुन् ।

राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए ।

मेयर र उपमेयर सहित कास्कीका पालिकामा चुनाव लड्ने सबैले एकै पटक कसम खाएका छन् । मेयरका उम्मेदवार खरालले मन्दिरमा बसेर राष्ट्र र राष्ट्रियताका लागि शपथ खाएको बताए ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार