देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपाको नयाँ नेतृत्वका लागि मतदान सुरु

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । काठमाण्डौको भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि मतदान सुरु भएको हो।

बिहान आठ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका भए पनि केहि प्राविधिक कारणले ढिलो हुन गएको आयोजकले जानकारी दिए ।  बेलुका ५ बजेसम्म चल्ने मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनको व्यवस्था छ।

८६ वटा मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाएको राप्रपाले जनाएको छ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन्।

झण्डै दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलो पटक भएको महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार