देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपाको महाधिवेशन सर्‍यो

0

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्रा र धुव्र बहादुर प्रधानले बिहीबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति सरेको जानकारी दिएका छन् ।

अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको बिहीबार बसेको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा केन्द्रीय निर्वचन समितिको पार्टी महाधिवेशनको मिति परिबर्तन गर्ने सिफारिसलाई दृष्टिगत गर्दै पार्टीका त्रय अध्यक्षहरुको आज बसेको बैठकले आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा गर्ने भनिएको महाधिवेशनको मिति परिबर्तन गरि आगामी मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरिएको छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार