देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपाले पुस १७ गते काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही पुस १७ गते काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाको पुन:स्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो ।

शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने बताए । राप्रपाले झापा, मकवानपुर लगायत जिल्लामा प्रदर्शन गरिसकेको भन्दै राणाले पुस १७ गते काठमाडौं उपत्यकामा पनि प्रदर्शन गर्न लागेको बताए ।

सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको, महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको अध्यक्ष राणाले बताए ।

कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा स्वस्फूर्त रूपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अब हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताए । अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार