देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

0

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्रपतिको चुनावमा भोट नहाल्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको चुनावमा तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले पार्टी उक्त निर्वाचनमा तटस्थ बस्नु पर्ने माग गरेपछि बैठकले तटस्थ बस्ने निर्णय गरेको जनाएको छ ।

बिहीबार हुन लागेको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल ९ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका छन् । नेकपा एमालेबाट भने सुवासचन्द्र नेम्बाङको उम्मेदवारी रहेको छ ।

एमालेसहितको ७ दलीय गठबन्धनमा रहेर सरकारमा गएको राप्रपा उक्त गठबन्धन भत्किएसँग सरकारबाट बाहिरिसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार