देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपा अध्यक्ष लिङ्देनको टिममा राणा बाहेक सबै पदाधिकारी थापा प्यानलका

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् ।

आइतबार विहान सम्पन्न मतगणनामा अर्का प्रत्यासी कमल थापालाई दुई सय मतले पछि पार्दै लिङ्देन निर्वाचित भएका हुन् ।

लिङ्देन अध्यक्ष निर्वाचित भए पनि उनको प्यानल भने पराजित भयो । महामन्त्रीमा धवलशम्शेर राणामात्रै लिङदेन प्यानलबाट निर्वाचित भए । धवल लिङ्देनको टिमका एकमात्र निर्वाचित पदाधिकारी बने ।

उपाध्यक्षमा कमल थापाको प्यानलै आएको छ । विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् ।

महामन्त्रीमा पनि महिलातर्फ चर्चित अभिनेत्री रेखा पराजित भइन् । कमल थापा प्यानलकै कुन्ती शाही निर्वाचित भइन् । त्यसैगरी महामन्त्री निर्वाचित भुवन पाठक पनि थापा प्यानलकै हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार