देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपा नेपाललाई तीर चुनाव चिन्ह नदिन सर्वोच्चको आदेश

0

काठमाडौं – सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ ।

थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटको अन्तिम टुंगो नलाग्दै निर्वाचन आयोगले तीर चुनाव चिह्न दिन सक्ने भन्दै थापा पुनः सर्वोच्च अदालत पुगेका थिए ।

आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

अध्यक्ष थापाको माग बमोजिम सर्वोच्च किन आदेश नदिने भन्दै निर्वाचन आयोगसँग कारण माग गरेको छ। त्यससँगै दुवै पक्षलाई छलफलका लागि भदौ १४ गते बोलाएको छ। त्यतिञ्जेलसम्म निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार