देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपा प्रवेश गर्न विवेकशील साझा पार्टीको साधारण सदस्यबाट मिश्रको राजीनामा

0

काठमाडौं – रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन्। सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई बुझाएको राजीनामा पत्र मिश्रले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन्।

मिश्रले एक वर्षदेखि आफू नरम संवद्र्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरणको प्रयासमा रहेको र त्यसका लागि पार्टी परिवर्तन गर्नुपरेको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

‘झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु’, अध्यक्ष बास्कोटालाई बुझाएको राजीनामा पत्रमा मिश्रले उल्लेख गरेका छन्।

मिश्र राप्रपा प्रवेश गरेर दोश्रो वरियतामा वरिष्ठ उपाध्यक्ष पदमा रहने सहमती भैसकेको बुझिएको छ । राप्रपा प्रवेश गरे पश्चात काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने तयारीमा छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार