देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रामकुमारी झाँक्रीको वडामै हार्‍यो समाजवादी

0

काठमाडौं – शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीको गुल्मीको मदाने गाउँपालिकास्थित वडाअध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ।

गठबन्धन हुँदा पनि झाँक्रीको वडामा एमाले विजयी भएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनमा समाजवादीको भागमा परेको वडामा नेकपा एस पराजित भएको हो।

मदाने गाउँपालिका–२ मा गठबन्धनका तर्फबाट समाजवादीलाई हराउँदै एमाले निर्वाचित भएको छ। एमालेका माधवप्रसाद भुसालले ७८५ मत ल्याउँदा समाजवादीका गोकर्ण सेन ओलीले ६२५ मत प्राप्त गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार