देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रामेछापको खाँडादेवीमा गठबन्धनलाई पराजितगर्दै एमाले विजयी

0

काठमाडौं – रामेछापको खाँडादेवी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ। ९ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ७ वडा अध्यक्षमा एमाले निर्वाचित भएको हो।

९ वटा वडा रहेको खाँडादेवी गाउँपालिकामा काँग्रेस र माओवादीले एक एक वडा जितेका छन् भने बाँकी ७ वटा वडा एमालेले जितेको छ ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज थोकर (तमाङ)लाई पराजित गर्दै एमालेका ज्ञान कुमार श्रेष्ठ निर्वाचित भएका हुन्। श्रेष्ठले ७ हजार ३५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी  थोकरले ४ हजार ९०९ मत प्राप्त गरे। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) श्‍याम कृष्ण श्रेष्ठ १०९३ मा सीमित बने।

यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मानबहादुर लामालाई पराजित गर्दै एमालेकी रमा घिसिङ्ग निर्वाचित भएकी छन्। घिसिङले ७ हजार ४५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी लामाले ४ हजार १११ मत प्राप्त गरे। गाउँपालिकामा सत्तारुढ दलबीच गठबन्धन भएको थियो। खाडाँदेवी गाउँपालिकामा ७ वडाध्यक्षमा एमाले, नेपाली काँग्रेस/माओवादी केन्द्रले १/१ वडा जितेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार