देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राम कार्की ओखलढुंगाबाट सिफारिस, विश्वप्रकाशलाई राहत

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) ले ओखलढुंगाबाट राम कार्कीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै, समानुपातिकतर्फ चम्पा देवी कार्की (आशा) सिफारिस भएकी छिन् ।

यसअघि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कार्कीले नेपाली काँग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।

यसपटक भने माओवादी र कांग्रेस एउटै गठबन्धनमा रहेका छन् । कार्की ओखलढुंगाबाट सिफारिस भएपछि यसपटक झापाबाट नै चुनाव लड्ने अडान राखिरहेका बेला महामन्त्री शर्मालाई राहत मिलेको छ ।

त्यस्तै, प्रदेशसभा (क) तर्फ ३ जनाको नाम सिफारिस गरेको छ । जसमा रामकुमार कार्की, खुदबहादुर खत्री र नरेन्द्र खतिवडा छन् । त्यस्तै, प्रदेश सभा (ख) मा बाबुराम गौतम, मोहन खड्का र खड्गा योगी सिफारिस भएका छन् ।

त्यस्तै, समानुपातिकतर्फ क्षेत्र नम्बर (क) मा ५ जना र (ख) मा १० जनाको नाम सिफारिस गरेको कार्यालय सचिव नवराज खड्काले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार