देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन्।

देउवाले अहिलेसम्म गरेका कामकारबाहीका विषय र आगामी कार्ययोजनासहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

देउवाले सरकारको नेतृत्व गरेको ६ महिना पुरा भइसकेको छ। पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बताइएको छ ।

प्रधानमन्त्री देउवाले गत २९ असारमा प्रधानमन्त्री भएपश्चात पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार