देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘राष्ट्रघाती भन्नेले एमसीसी पढेको छ कि छैन ?’ – देउवा

0
<p>फोटो रासस</p>

फोटो रासस

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशघाती नभएको बताएका छन् ।

आइतवार माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले उद्घाटन सत्रमा केही नेताले एमसीसी राष्ट्रघाती सम्झौता भनेकोमा आपत्ति जनाउँदै पहिला पढेर मात्रै टिप्पणी गर्न आग्रह गरे ।

सम्बोधनका क्रममा देउवाले भने ‘राष्ट्रघाती भन्नेले एमसीसी पढेको छ कि छैन मलाई थाहा छैन । पहिले पढ्नुपर्‍याे नि । मैले पढेको छु, मैले त काहीँ राष्ट्रघात देखेको छैन । म पनि देशको प्रधानमन्त्री हो, नेपालको खिलाफमा जाउँला त ? किन राष्ट्रघाती काम गरौँला त मैले । ?”

प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रका लागि लडेको व्यक्ति भएकाले राष्ट्रियताविरुद्ध नजाने बताउँदै देउवाले भने, ‘मैले एउटा कुरा बोल्नै पर्ने भयो, म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हो । राष्ट्रघाती सन्धि किन गरुँला ? एमसीसी नेपालको हितमा छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार