देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिको स्वविवेकीय अधिकारमा उजुरी लाग्दैन – ओली

0

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमा उजुरी नलाग्ने बताएका छन्। आइतबार बालुवाटारमा आयोजित एमाले निकटका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले संविधानको धारा ७६ (५) मा राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिइएको बताए।

उनले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन राष्ट्रपतिले समय दिएको तर दाबी सदर हुन नसक्ने अवस्था नदेखेको बताए। ओलीले भने, ‘म कानुनविद् र संविधानविद् मित्रहरुलाई र बहसमा उत्रिएका बौद्धिक समुदायलाई आग्रह गर्न चाहन्छु। राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने यो मात्रै ठाउँ हो। त्यसमाथि कहीँ उजुरी लाग्न वा त्यसमा कुनै हेरफेर गर्न सकिने स्थिति हुँदैन। कुनै उजुरी लाग्दैन त्यस प्रश्नमा।‘

यस्तै ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अन्य दलहरुले एमाले र जसपा फुटाउन खेल खेलेको बताए । त्यस्तै अन्य दलले किर्ते गरेर दाबी पेश गरेको बताए । ‘अरुको अलोकतान्त्रिक दाबी हो । किर्ते दाबी हो । दलहरुभित्र खेलेर, दलहरु फुटाएर, डस्टबिनमा फ्याक्नुपर्नेकुरा लगेर राष्ट्रपतिकोमा लगेर प्रधानमन्त्री बन्छ ?’ प्रधानमन्त्री ओलीले भने ।

अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले आगामी बजेट अध्यादेश मार्फत आउने स्पष्ट पारेका छन् । अन्य बाटोबाट बजेट ल्याउने बाटो नभएको भन्दै अध्यादेश ल्याउनुपर्ने बताए ।

त्यस्तै अध्यादेश मार्फत बजेट ल्याउनका लागि तयारी भइरहेको र राष्ट्रपतिले बाचन गर्ने समेत बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार