देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

0
<p>फाइल तस्विर</p>

फाइल तस्विर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको चालू अधिवेशन अन्त्य गरेकी छन्।

मन्त्रिपरिषद्‌को सिफारिसमा मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यस्तै संसद सचिवालयले अधिवेशन अन्त्य भएकाले चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र राष्ट्रियसभाको अनिश्चित बैठकसमेत अन्त्य भएको सांसदहरुलाई जानकारी गराएको छ।

राष्ट्रियसभामा झण्डै दुईमहिना पहिला निर्वाचित भएका सदस्यहरुले बैठकको अनुभव समेत गर्न नपाउँदै बैठक स्थगित भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार