देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिलाई गगन थापाको चुनौती-“हिम्मत भए काठमाडौंमा चुनाव लड्न आइवक्स्योस”

0

कैलाली- आमनागरिक र जनता माहामारीको संकटमा हुँदा देशमा बेथिती र भ्रष्टाचार बढाउँदै लगेको नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारलाई प्रतिक्षीदल नेपाली कांग्रेस सडकमा ओर्लिएर चुनौती दिएको छ। सोमबार देशव्यापीरुपमा विरोध प्रदर्शन गर्दै नेपाली कांग्रेसले सरकारलाई सही मार्गमा हिड्न चुनौती दिएको हो।

यसैबीच सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विरोध सभालाई नेपाली कांग्रेसका नेता गगन थापाले सम्बोधन गरेका छन्। विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले  भने, ‘सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गर्न सकेको छैन्, यस्तो नालायक सरकार मुर्दाबाद।’ नेता थापाले भने, ‘कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउँछ। यस्तो हावादारी सरकार मुर्दाबाद।’

नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिनुभएको छ । धनगढीमा आयोजित सरकारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गरेका हुन् । नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको नेता थापाको आरोप छ । ‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, उनले भने, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबस्योस् ।’

आफ्नो पार्टी कांग्रेसले राजालाई पनि फालेकाले राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको उनको दाबी छ । ‘राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ, उनले भने। नेता थापाले कांग्रेस यसअघि सरकारमा नआउनुको कारणबारे स्पष्ट पार्दै भन्नुभयो, ‘कांग्रेस नसकेर सरकार सडकमा नआएको होइन, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’

कहिल्यै भ्रष्टाचार गर्दिन भन्दै सरकार बालुवाटारको जग्गा, ओम्नी, यतिहुँदै ७० करोडसम्मका दर्जनौ काण्डको साथी र मतियार बनेको उनले दाबी गरे । तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा भन्दै ७७ वटै जिल्लामा कांग्रेसले प्रदर्शन गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार