देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिले नागरिकलाई दशैँको टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने

0

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको उपलक्ष्यमा नेपाल सरकारका विशिष्ठ कर्मचारीदेखी सर्व साधारणलाई टीका लगाइदिने भएकी छिन्।

दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ भने तीनदेखि पाँच बजेसम्म अन्यलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

तर, यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले भने नागरिकलाई दशैंको टीका नलगाइदिने भएका छन् । नेपालमा पछिल्लो समय डेङ्गीको महामारी फैलिरहेका बेला पूर्व राजा शाहले टीका नलगाउने  निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार