देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिले प्रधानमन्त्रीलाई लगाइदिइन् दसैंको टीका

0
<p>प्रधानमन्त्रीको स्वकीय सचिवालय।</p>

प्रधानमन्त्रीको स्वकीय सचिवालय।

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाइदिएकी छन् । श्रीमती राधिका शाक्यसहित प्रधानमन्त्री ओली राष्ट्रपतिबाट दसैंको टीका ग्रहण गर्न सोमबार अपरान्ह शितल निवास पुगेका थिए ।

कोरोना भाइरसको संक्रमण बढिरहेको र यसको रोकथामको लागि भीडभाड नगर्नुपर्ने भएकाले प्रधानमन्त्रीले यसपटक सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम यसअघि नै नराखिएको थापाको भनाइ छ ।

राष्ट्रपति भण्डारीले भने आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण गरेकी थिइन् । राष्ट्रपति कार्यालयमा नै १० बजेर १९ मिनेटको साइतमा भण्डारीले आमा पाण्डेको हातबाट टीका र जमरा ग्रहण गरेकी राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार