देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

0

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको हो ।

राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा आफूहरु सहभागिता नरहने एमाले उपाध्यक्ष एवं संसदीय दलका सचेतक महेश बर्तौलाले बताए ।

‘दलहरुबीच लगातार छलफल भइरहेको छ । यहीबीचमा पुरै एजेन्डा नै राखेर संसद्को अवरोधबारे छलफल गर्न भनेर राष्ट्रपतिले कसरी बैठक डाक्नुभयो होला ?’, प्रश्न गर्दै बर्तौलाले भने, ‘यो राष्ट्रपतिको अनावश्यक सक्रियता हो ।’

प्रधानमन्त्रीले सोहि बिषयमा छलफल गरिरहेको बेला राष्ट्रपतीको सक्रियता आवश्यक नरहेकोले बैठकमा सहभागी हुनु जरुरी नदेखिएको उनको तर्क थियो । ‘संसदको गतिरोध हटाउने बिषयमा प्रधानमन्त्री स्वयम ढिलै भएपनी लागी रहनु भएको छ । हामी छलफलमै छौं । यो बिषयमा राष्ट्रपतीले हस्तक्षेपकारी भुमिका खेल्नु उहाँ स्वयम् विवादमा आउनु हो ।’ उनले मध्यबिन्दुसँग भने ।

राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हुन् । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार