देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिविरुद्धको रिटको पेसी न्यायाधीश शर्माको इजलासमा

0

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दायर रिटको पेसी न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा परेको छ ।

शुक्रबार उक्त इजलासका लागि पेसी सूचीको अन्तिममा यो रिटको पालो राखिएकोले सुनुवाईको पालो आउने नआउने कुरा अनिश्चित छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न मागसहित सर्वोच्चमा ५ वटा रिट दर्ता भएका छन् ।

तीमध्ये देव शर्मा, शोनु रौनियार र अधिवक्ता सुनिलकुमार यादव एकल निवेदक छन् भने अधिवक्ता सागर बराल र अधिवक्ता डा. सुनिलरन्जन सिंहले संयुक्तरूपमा रिट निवेदन दर्ता गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार