देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपतिसँग विवेकशील साझा पार्टीका पदाधिकारीको भेटवार्ता

0

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेट गरेका छन् । भेटमा उनिहरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्र संबर्धन अभियान’ वारे जानकारी गराएको छ।

पार्टी अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा.सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले राष्ट्रपति पौडेलसँग भेट गरेको हो ।

भेटमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संबर्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा वचाईराख्न गणतन्त्र बिरोधीहरूको अनावश्क प्रहार र दुश्प्रचार प्रति सचेत रहन विशेष ध्यानाकर्षण गराएको हो।

लोकतन्त्रको संस्थागत विकास र नागरिकको संबृद्धिको चाहना साकार पार्न संबैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलीय दुश्प्रभावबाट मुक्त गर्नुपर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराईएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्धन गरेर मुलुकको संबृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन । उनले श्रम र जनशक्तिको विदेश पलायनले गाऊँ रित्ति रहेकेमा चिन्ता प्रकट गर्दे देश मै राम्रो शिक्षा र रोजगारीको सृजना गरेर गाउँमै बसोैँ-बसौ बनाउनु आजको आवश्यकता रहेको पनि औंल्याएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार