देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति एमालेमा हुर्केकोले यो स्वाभाविक आचरण हो : राणा

0

काठमाण्डौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको निष्पक्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।

उनले आफ्नो सामजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको एकता कायम राख्न पुनः सक्रिय हुनुभयो । यो सम्माननीय राष्ट्रपतिको स्वाभाविक आचरण हो । एमालेमा हुर्केको व्यक्तिको कर्तव्य हो ।’ उनले राजनीतिक दलभन्दा माथि रहने संस्थाले मात्र संविधान अनुकुल निष्पक्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

प्रजातान्त्रिक मान्यता र संविधानको परिकल्पना बमोजिम पुरानो संस्थामात्र निष्पक्ष राष्ट्र प्रमुख रहन सक्ने भन्दै राप्रपा अध्यक्ष राणाले राजसंस्थाको आवश्यकता र जनचाहनातर्फ इंगित गरे । ‘अभ्यास, अनुभव र जन अपेक्षाले यही दर्साउँछ,’ उनले बिहीबार ट्विट गर्दै भने ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार