देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

0

एजेन्सी – अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव स्वीकृत गरेको छ । स्थानीय समयअनुसार बुधबार त्यहाँको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ले राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव बहुमतले पारित गरेको हो ।

उनीमाथि शक्तिको दुरुपयोग गरेको र सदनको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा महाभियोग लगाइएको हो ।
शक्तिको दुरुपयोग गरेको अभियोगको पक्षमा २३० तथा विपक्षमा १९७ मत खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगको पक्षमा २२९ सांसदले मतदान गर्दा विपक्षमा १९८ सांसदले मतदान गरेका थिए ।

अमेरिकी इतिहासमा महाभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीअघि बिल क्लिन्टन र एन्ड्रयु जोनसनमाथि पनि महाभियोग लागेको थियो ।

तल्लो सदनबाट पास भएको ट्रम्पविरुद्धको महाभियोग प्रस्तावबारे माथिल्लो सदनमा जनवरीको सुरुमा बहस हुनेछ ।
माथिल्लो सदनबाट महाभियोगको प्रस्ताव पारित भए ट्रम्प पदमुक्त हुनेछन् । तर ट्रम्पको पार्टी ‘रिपब्लिकन’को बहुमत रहेको माथिल्लो सदनबाट प्रस्ताव पारित हुने सम्भावना नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार