देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति भण्डारीद्वारा नेपालीमा सुख, शान्ति र समृद्धिको कामना

0

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना सहितको शुभकामना सन्देश व्यक्त गरेकी हुन् ।

‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक, तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउदैँ राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’ विज्ञप्तिमा भनिएको छ ।

साथै छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्यगरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैलाई प्रेरणा प्रदान होस् भनी शुभकामना व्यक्त गरेकी छन् ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार