देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

0

(काठमाडौं) – महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी छन् । पशुपति दर्शन विधिअनुसार मूलमन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले पूजा आराधना एवं दर्शन गरेकी हुन् ।

शुक्रबार साँझ पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सदस्य–सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा, कार्यकारी निर्देशक घनश्याम खतिवडा, कोष सञ्चालक परिषद्का सदस्य लगायत कर्मचारीले स्वागत गरेका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिर पुगेर पूजा आराधना एवं दर्शन गरेका थिए । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ ।

पशुपतिनाथ मन्दिर दर्शनका लागि लाइनमा बस्नेलाई आज रातभर पनि ढोका खुला रहने कोषले जनाएको छ । लाइनमा बस्ने भक्तजन सकिएपछि विशेष पूजाका लागि रसिद लिएका भक्तजनबाट पूजा आराधना गराइने छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार