देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति भण्डारीले कोरोना रोकथाम कोषलाई दुई महिनाको तलब दिने

0

(काठमाडौं) – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा दुई महिना बराबरको पारिश्रमिक दिने घोषणा गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले आफ्नो दुई महिना बराबरको तलब सो कोषलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले उक्त कोष निर्माण गरेको हो । सो कोषमा सरकारका मन्त्रीहरुले एक(एक महिनाको तलब जम्मा गरेर सुरुआत गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार