देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति भण्डारीसँग भारतीय राजदूतको बिदाई भेट

0

(काठमाडौं) – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका राजदूत पुरीले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा शिष्टाचार बिदाइ भेट गरेका हुन् ।

सो अवसरमा नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राजदूत पुरीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका थिए । भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिकि साझेदारी र सहकार्य लगायत समसामयिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गरेका थिए । यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा राजदूत पुरीले बिदाइ भेट गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार