देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘विपद् जोखिम न्यूनीकरणका लागि समुदायमै सचेतना अभिवृद्धि गरिनु पर्दछ’ – राष्ट्रपति

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – राष्ट्रपति विद्यादेवि भण्डारीले सातौं भुकम्प स्मृति दिवसको सन्देश जारि गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाएकाप्रति श्रद्धासुमन व्यक्त गरेकि हुन् ।

यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत भूकम्पपश्चात्‌को पुनर्निर्माण तथा पुनर्थापनाका कार्यहरूमा सहयोग गर्ने मित्र राष्ट्रहरू¸ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू र स्वयंसेवकहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु,राष्ट्रपति भण्डारीले जारि गरेको शुभकामना सन्देशमा भनिएको छ ।

‘विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारी एवं विपद्को समयमा अपनाउनु पर्ने सुरक्षात्मक उपायहरूका बारेमा समेत समुदाय स्तरमै सचेतना अभिवृद्धि गरिनु पर्दछ । यस कार्यका लागि संघीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेको छ । यस विषयमा म सम्बद्ध सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।’ शुभकामना सन्देशमा भनिएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार