देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रपति सँग करिब १ घन्टा भेटवार्ता गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार फर्किए

0

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब १ घन्टा भेटवार्ता गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार फर्किएका छन् । दाहाल प्रधानमन्त्री निवास बालुवाटार फर्किएसँगै स्थगित भएको  नेकपा स्थायी कमिटी बैठक पुन: बस्ने कि स्थगित गर्ने भन्ने निर्णय हुनेछ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित गरेर पार्टीभित्रको विवादबारे छलफल गर्नुपर्ने अडानमा छन् । दाहालले राष्ट्रपति लाई थप संकट सिर्जना हुने खालका कदम नचाल्न सुझाएको स्रोत बताउँछ ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार