देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभाको बैठक आज १ बजे बस्ने

0

काठमाडौं – संघीय संसदको राष्ट्रिय सभाकोे बैठक आज सोमबार बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा “नेपाल विशेष सेवा विधेयक, २०७६ प्रस्तुत गर्ने कार्यविधि रहेको संसद सचिवालयले जनाएको छ ।

नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल तथा पारित गरियोस भन्ने प्रस्ताव बैठकमा प्रस्तुत हुने छ ।

यस्तै ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइनेलगायतका कार्यसूची रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार