देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

0

काठमाडौं – राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्ने भएको छ । बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्ने र पारितका लागि पनि प्रस्ताव गर्ने छन् ।

नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग अघि सार्दै संसद्का दुवै सदन अवरोध गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण आजको बैठक पनि प्रभावित हुने देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार