देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभाको रिक्त पदको निर्वाचन माघ पहिलो साता गर्न आयोगको सुझाव

0

काठमाडौं – राष्ट्रियसभामा रिक्त रहेको सदस्यका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

यसका लागि आयोगले आजै सरकारलाई परामर्श पेश गर्न लागेको उनले राजनीतिक दलका प्रतिनिधिहरुलाई जानकारी दिए ।
५९ सदस्य संख्या रहेको राष्ट्रियसभाका एक तिहाइ (१९ सदस्य)को पदावधि आगामी फानुन २० गतेबाट सकिँदैछ ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार