देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभामा १७ सिट सहित माओवादी पहिलो पार्टी

0

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी भएको छ ।

बिहिबार १९ सिटकालागि भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने एक सिटमै चित्त बुझाएको। सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो। 

राष्ट्रियसभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला विजयि भएका हुन् । कोइराला राष्ट्रिय सभामा विजयिहुने एमालेकी एक्लि उम्मेदवार हुन् ।

त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली कांग्रेसका पदमबहादुर परियार, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ,  नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित भए। 

राष्ट्रिय सभामा १९ सिटका लागि बिहीवार मतदान भएकोमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ। 

त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ। यो जीतसँगै अब राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र पहिलो पार्टी बनेको छ भने कांग्रेस दोस्रो र एमाले तेस्रोमा झरेको छ।

अब माओवादीको १७ सिट पुग्ने छ भने कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ। यसअघि पहिलो ठूलो दल एमाले फागुन २१ पछि १० जनामा सीमित हुनेछ। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार