देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभा उपचुनावमा राप्रपाले बादललाई भोट दिने

0

काठमाडौं – आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् ।

राप्रपा शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएको राप्रपाका एक नेताले बताए ।

राप्रपाले एमालेको औपचारिक पत्र कुरिरहेको ति नेताले बताए । उनका अनुसार एमालेले औपचारिक रुपमा सहयोग मागे बादललाई मत दिने सहमति भएको हो ।

उनले भने, ‘औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ ।’

वागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार