देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु

0

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया सुरु गर्ने भएको छ। राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको निर्वाचनको प्रक्रिया आज (शनिबार) बाट सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रमअनुसार शनिबार मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन्। पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १ हजार ४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता छन्। त्यस्तै‚ मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ।

आगामी फागुन २० मा नेकपा (एमाले)का आठ, नेपाली कांग्रेसका तीन, नेकपा (एकीकृत समाजवादी)का चार र राष्ट्रपतिबाट मनोनीत एक जनाको कार्यकाल सकिने संघीय संसद सचिवालयले जनाइसकेको छ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार