देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभा निर्वाचन आचारसंहिता सोमबारदेखी, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

0

काठमाडौं – आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको हो ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रियसभाका १९ सिटका लागि ४३ जनाको उम्मेदवारी परेको जानकारी दिएको छ । आयोगका अनुसार तीन जना निर्वाचित हुने प्रदेश १ बाट आठ र दुई जना निर्वाचित हुने प्रदेश २ बाट पाँच जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, दुई जना निर्वाचित हुने बागमती प्रदेशबाट छ जनाको उम्मेदवारी परेको छ भने ३–३ जना निर्वाचित हुने गण्डकी र लुम्बिनी प्रदेशबाट ६–६ जना उम्मेदवार छन् । ३–३ जना नै निर्वाचित हुने कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि ६–६ जनाकै उम्मेदवारी परेको छ ।

आयोगले सोमबार निर्वाचनमा भयमुक्त वातावरण कायम गर्न “निर्वाचन आचारसंहिता, २०७२” यही पौष २६ गते सोमबारबाट लागू हुने आयोगको भनाइ छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार