देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभा बाट बिदा भए २० सांसद, क-कसको सकियो कार्यकाल ?

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेका २० सांसद शुक्रबारबाट बिदा भएका छन् । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले शुक्रबार साँझ ५ बजे सबै सांसदहरूलाई एक होटलमा कार्यक्रम गरी बिदाइ गरेका हुन् ।

शुक्रबारबाट बाहिरिनेमा राष्ट्रिय सभाका संसदीय समितिका तीन सभापति पनि छन् । दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ बाहिरिएका छन् ।

त्यसैगरी काँग्रेसबाट राष्ट्रिय सभाको संसदीय दलका नेता सांसद राधेश्याम अधिकारी, राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्मा, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेल पनि बिदा भए ।

राष्ट्रिय सभामा कार्यकाल सकिनेमा एमालेका सबैभन्दा बढी सांसद छन् । जसमा अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार सुमनराज प्याकुरेल गरी चार जना छन् । एकीकृत समाजवादीका चार सांसदको कार्यकाल सकियो । समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर छन् । माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका खिमकुमार विक, जीवन बुढा, दिनानाथ शर्मा र शशिकला दाहालको कार्यकाल सकियो ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसका तीन जना राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि सकिएको छ । त्यसमा राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्ट रहेका छन् ।

राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पनि कार्यकाल सकिएको छ । तर सरकारले बिडारीको ठाउँमा अहिलेसम्म कसैको नाम सिफारिस गरेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार