देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभा सदस्यमा प्रचण्डका भाइ नारायण दाहाल मनोनित

0

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रिय सभा सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन्।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम दाहाललाई मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। माओवादी केन्द्र केन्द्रीय सदस्यसमेत रहेका नारायण नारायण प्रचण्डका काकाका छोरा भाई हुन्।

यसअघि उनी संविधानसभा सदस्य पनि भइसकेका छन्। नेकपा एकताकालमा उनी पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष थिए। रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा दाहाल मनोनीत भएका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार