देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रियसभा सदस्य – रामनारायण बिडारीको ठाउँमा निर शाह ?

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने तयारी थालिएको छ । राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा शाहलाई मनोनयन गर्न लागिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त एक पदमा शाहलाई मनोनित गर्न नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव राखेको हो ।

राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको कार्यकाल केही दिनअघि सकिएपछि सो पदमा मनोनितका लागि शाहलाई प्रस्ताव गरिएको साँस्कृतिक संघ निकट स्रोतले बताएको छ ।

२०४१ सालमा नेपाल टेलिभिजनको सुरुवातसँगै शाहले १० वर्ष त्यहाँको नेतृत्व सम्हालेका शाह चलचित्र विकास बोर्डका अध्यक्ष पनि भइसकेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार