देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने थप पाँच जना पक्राउ

0

काठमाडौं – नेपालको राष्ट्रिय झण्डा जलाएको गीतसहितको म्यूजिक भिडियोमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई बुधबार बिहान कीर्तिपुरबाट पक्राउ गरेको हो ।  उक्त म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो ।

उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ । म्युजिक भिडियोमा साम्प्रदायिकतामाथि खलल पुर्याउने र राष्ट्रिय झण्डाको अपमान गरिएको भन्दै चौतर्फी विरोध भइरहेको बेला भिडियोमा संलग्नहरु धमाधम पक्राउ परेका हुन् । गायक तामाङ्ग सँगै अन्य ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।क्यामेरा पर्सन भने  मंगलबारै पक्राउ परिसकेका छन् ।

४ मिनेट २७ सेकेण्डको उक्त्त भिडियो मंगलोहोपले बजारमा ल्याएको हो । भिडियोमा अभिनय गर्नेहरु अग्रपंक्तिका पात्रहरुमा युवतीहरु पनि देखिन्छ । तर पक्राउ परेकाहरुको परिचय प्रहरीले खुलाएको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार