देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष थपियाे

0

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थपिएकाे छ। मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो।

भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालु आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेटअन्तर्गतका कार्यहरू कार्यान्वयन गर्नेछ।

आगामी आर्थिक वर्षको बाँकी अवधि (२०७८ साउन १ गतेदेखि २०७८ पुस १० गते) मा भने प्राधिकरणले निजी आवास, सिंहदरबार, रानीपाेखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फर्स्यौट गर्नुपर्ने कार्य गर्ने जनाइएकाे छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार