देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर

0

काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापामगर मनोनित भएका छन् ।

शनिबार बसेको संघको केन्द्रीय समितिको बैठकले सभापतिमा सिन्धुपाल्चोकका थापामगरलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् ।

नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुदै सभापति चयन भएका थापामगरले लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार