देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय महिला लिगमा एपीएफको अपराजित यात्रा कायमै

0
<p>तस्बिर सौजन्य : एन्फा</p>

तस्बिर सौजन्य : एन्फा

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४-० ले पराजित गरेको छ ।

एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ८ गोल गरिन् । यस्तै अनिता बस्नेत र अनिता केसीले समान २/२ गोल गरिन् । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक एक गोल रह्यो ।

सोमबार भएको एकपक्षीय खेलमा एपीएफले पहिला र दोस्रो हाफमा समान ७–७ गोल गरेको थियो । खेलको चौथो मिनेटमा सावित्रा भण्डारीको गोलबाट एपीएफले खेलमा १–० को अग्रता लिएको थियो ।

१८ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको अग्रता दोब्बर पारिन् । २४ औं मिनेटमा अनिता केसीले सावित्रा भण्डारीको पासमा गोल गर्दै एपीएफलाई ३–० ले अघि बढाइन् । ३६ औं मिनेटमा सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा एपीएफले खेलमा ४–० को आरामदायी अग्रता लिन सफल भयो ।

खेलको ३९ औं अनिताले सावित्राको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ५-० को अग्रता दिलाईन् । खेलको ४३ औं मिनेटमा सावित्राले एकल प्रयासमा व्यक्तिगत चौंथो र टिमका लागि छैटौं गोल गरिन् ।

खेलको ४५ मिनेटमा अनिता बस्नेतले गोल गर्दा एपीएफले पहिलो हाफमा ७-० को अग्रता बनायो । दोस्रो हाफमा समेत एपीएफले लगातार गोल गर्यो । सावित्राले खेलको ५३ र ५६ औं मिनेटमा गोल गरेपछि एपीएफ ९-० ले अघि रह्यो । यस दुई गोलसंगै सावित्राले दोहोरो ह्याट्रिक पुरा गरिन् ।

खेलको ६५ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई १०-० को अग्रता दिलाईन् । खेलको ७२ औं मिनेटमा सावित्राले व्यक्तिगत सातौं गोल गरिन् । सावित्राको गोलसंगै एपीएफ ११-० ले अघि बढ्यो ।

खेलको ७५ औं मिनेटमा परिवर्तित खेलाडी अनुले गोल गरेपछि एपीएफको अग्रता १२-० को बन्यो । खेलको ७९ औं मिनेटमा परिवर्तित खेलाडी रबिनाले गोल गर्दै एपीएफलाई १३-० को अग्रता दिलाईन् । त्यसपछि खेलको ८६ औं मिनेटमा सावित्राले व्यक्तिगत आठौं गोल गर्दा एपीएफ १४-० ले विजयी भयो ।

जितसँगै अपराजित रहेको एपीएफको ७ खेलबाट २१ अंक पुगेको छ । एपीएफले दोस्रो स्थानमा रहेको आर्मीलाई ५ अंकले पछि पारेको छ । आर्मीको १६ अंक छ । पराजित चौदन्डीगढीले अंकको खाता खोल्न सकेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार