देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो ।

गत पुस १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा। दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेका थिए ।

सोही समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त बस्नेत नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष हुन्।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।

उपाध्यक्ष पदमा नियुक्तिका लागि १२ जनाले आवेदन दिएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार